सिमेन्ट र छडको भाउ सिजनमै बढ्यो

0 Shares

काठमाडौँ । मौकाको फाइदा उठाउँदै उद्योगीले निर्माणको सिजनमै खुला बजार अर्थतन्त्रको नीति विपरीत निर्माण सामग्रीको भाउ बढाएका छन् ।

नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार उत्पादकले सिमेन्टमा औसत प्रतिबोरा डेढ सय रुपैयाँसम्म र रडमा प्रतिकिलो १५ रुपैयाँसम्म भाउ वृद्धि गरेका हुन् ।

हिउँद याममा सरकारले विकास निर्माणलाई तीब्रता दिँदै पूँजीगत खर्च गर्ने याम हो । यहि समयमा आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउँछन् । तर उद्योगीहरुले भने निर्माणको यसै याममा निर्माण सामग्रीको मूल्य मौकाको फाइदा उठाउँदै भाउ बढाएका हुन् ।

दुई साता अगाडि ९६.९७ रुपैयाँमा बिक्री भइरहेको रडको भाउ अहिले बढेर प्रतिकिलो ११० रुपैयाँ पुगिकेको छ भने सिमेन्टमा समेत प्रतिबोरा डेढ सय रुपैयाँसम्म बढेको छ । इँटा र गिट्टी–बालुवामा भने मूल्य स्थिर रहेपनि सिमेन्ट र रडको मूल्य बढ्दा उपभोक्ता बढी मारमा परेका छन् ।

काठमाडौंमा अहिले गिट्टी–बालुवा प्रतिटिपर २६.२७ हजार रुपैयाँ छ भने ए ग्रेडको इँटा १६.१७ रुपैयाँ प्रतिगोटासम्म उपलब्ध छ । इँटा र गिट्टी–बालुवामने मूल्य स्थिर रहे पनि उत्पादकले कुनै ठोस कारण विना सिमेन्ट र रडको भाउ बढाएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघले बढेको मूल्य फिर्ता लिन आग्रह गरेको छ । बढेको मूल्य फिर्ता नलिए निर्माण काम नै ठप्प पार्नेसम्मको चेतावनी महासंघको छ । महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माणको काम हुने सिजनमै सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै उत्पादन समेत कटौती गरेका छन् । महासंघले मूल्यवृद्धि खारेज नगरे देशभरि निर्माण काम नै ठप्प पार्ने चेतावनी यसअघि दिइसकेको छ ।

सम्बन्धित समाचार