0
Shares
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ घटेको हो। अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोल १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। बिहीबार तोलाको १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन भने १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।