योजना बनाएर विमान दुर्घटना गराएको दाबी, २३९ यात्रु अझै बेपत्ता

0 Shares

काठमाडौं । करिब १० वर्षअघि हराइरहेको मलेसियन एयरलाइन्सको विमान एमएच ३७० अझै बेपत्ता छ । सन् २०१४ मार्च महिनामा क्वालालम्पुरबाट बेइजिङ उडेको जहाज आजसम्म बेपत्ता भएको हो ।

बेपत्ता भएको एक दशकपछि विमानबारे केही तथ्य फेला परेको समाचारमा जनाइएको छ । विज्ञहरूका अनुसार विमानका क्याप्टेनले विमान दुर्घटना गराउने योजना बनाएको समाचारमा जनाइएको छ ।

विज्ञ तथा बेलायती बोइङ ७७७ पाइलट साइमन हार्डीका अनुसार एमएच ३७० विमानको भग्नावेश समुन्द्रको गहिराइमा (समुद्रमा एउटा खाडल) रहेको छ ।

यो विमान क्याप्टेन जाहरी अहमद शाहले उडाएका थिए । उनले नै विमान क्र्यास गर्ने योजना बनाएका थिए । उडानको प्रि डिपार्चर कागजातबाट यो खुलासा भएको हो ।

बेलायती सञ्चार माध्यम ‘द इन्डिपेन्डेन्ट’को रिपोर्टमा विज्ञ हार्डीका अनुसार कार्गो म्यानिफेष्टमा (विमानमा सवार सबै यात्रुको विवरण रहेको सम्बन्धित कागजात)मा तत्कालै अतिरिक्त इन्धन, अक्सिजनलगायतका परिवर्तन गरिएको थियो ।

उड्नुअघि यसमा क्याप्टेन जाहरीले विमान दुर्घटनाको योजना बनाएको संकेत गर्छ । अनौठो कुरा के छ भने टेक अफ गर्नुअघि मात्रै ककपिटमा अक्सिजनको स्तर परिवर्तन गरिएको थियो ।

हार्डीले विमानको फ्ल्याप (पखेटामा पर्चा) तल खसाएको बताएका छन् । पाइलटले तिनीहरूलाई विमान तल लैजाने प्रयोग गर्दछ । यसबाट यो दुर्घटना योजनाबद्ध रुपमा भएको बुझिएको छ ।

चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टका अनुसार जहाजमा २३९ यात्रु सवार थिए । उडान भरेको ३८ मिनेटपछि विमान राडारबाट गायब भएको थियो ।

विमानको खोजीमा २६ देशका १८ जहाज, १९ विमान र ६ हेलिकप्टर खटिएका थिए । महिनौँको खोजी अपरेसनपछि सन् २०१७ मा यो अपरेसन आधिकारिक रूपमा बन्द गरिएको थियो ।

तर, २०१९ मा अमेरिकी कम्पनी ओशन इन्फिनिटीले फेरि खोज अभियान सुरु गर्ने घोषणा गरेको थियो । एजेन्सीको सहयोगमा

 

सम्बन्धित समाचार