सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति बढ्यो ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी यस दिन प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार