एभरेष्ट कलरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

0 Shares

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । आइपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

केही समयअघि मात्रै साधारण सभाबाट शेयर जारी गर्ने प्रस्ताव पारित गरेको यस कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा नै आईपीओ ल्याउँदैछ । कम्पनीले ७ लाख ७८ हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको हो ।

एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउने लागेको हो ।

 

सम्बन्धित समाचार