सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी यस दिन प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार