0
Shares
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ । अघिल्लो दुई कारोबारमा बढेको सुनको मूल्य तेस्रो दिन पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको हो । जसअनुसार आज सुनको मूल्य तोलामा एक लाख ६३ हजार रुपैयाँ पुगेको छ । मंगलबार तोलामा एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा एक हजार ९५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।