सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

0 Shares

काठमाडौँ । सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब रुपैयाँ  खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रुपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

सम्बन्धित समाचार