सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेको हो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार