लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा

0 Shares

काठमाडौँ । नबिल बैंकले लाभांश लगायतका प्रस्ताव पारित गर्न ४० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको उक्त सभा मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा हुने भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै बैंकले गाभ्ने गाभिने तथा प्राप्ति गर्न रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव सभाले अनुमोदन गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्ने छ । जस अनुसार बैंकको उक्त प्रस्तावित नगद लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन मंसिर ९ गतेभित्र आईतबार भित्रै शेयरधनी बनिसक्नु पर्नेछ ।

सम्बन्धित समाचार