अवरुद्ध भएको नेपाल टेलिकमको सेवा सुरु

0 Shares

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवा आइतबार बिहान अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको हो ।

कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिन भएको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको हो ।

उनले भने, “बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो, अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन्, खास गरी पोष्टपेड र प्रिपेड मोबाइलको फोन गर्दा समस्या देखिएको थियो ।”

प्रवक्ता ढकालले के कति कारणले सेवा अवरुद्ध भएको थियो ? भन्नेबारे प्राविधिक प्रतिवेदन आउन बाँकी भएको बताए । बिहान १०ः४५ को समयमा टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।

सम्बन्धित समाचार