सुन र चाँदीको मूल्य सामान्य घट्यो

0 Shares

काठमाडौँ । मंसिर २ गते, आईतबार, सुन र चाँदीको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला १०० रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार