काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको हो ।
यसैबीच साताको अन्तिम कारोबारको दिन कातिक ३० गते शुक्रबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ वृद्धि हुन पुग्यो । साताको पाँच कारोबार सुनको मूल्य गिरावट भए पनि अन्तिम कारोबारको दिन सामान्य वृद्धि भएको हो ।
योसँगै साताको पछिल्लो कारोबारको दिन शुक्रबार सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो साताको शुक्रबार अर्थात कातिक २३ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो साताको तुलनामा ६ हजार ४०० रुपैयाँ बढी हो ।
यस्तै, चाँदीको मूल्य पनि गिरावट भएको छ । अघिल्लो साताको शुक्रबार एक हजार ९८० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।