0
Shares
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार ९४० मा कारोबार भएको चाँदी आज एक हजार ९०५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।