राष्ट्रपति हुँदा ट्रम्पले तोडेका थिए परम्परा, बाइडेनको निम्तोसँगै निरन्तरता

0 Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा निम्तो दिएका छन् । ट्रम्प नयाँ राष्ट्रपतिमा निर्वाचित भए पनि आगामी जनवरी २० तारिखदेखि सत्ता सम्हाल्न पाउँछन् ।

राष्ट्रपति बाइडेनले ट्रम्पलाई विजयी भएकोमा बधाई दिँदै फोन गरेको बताइएको छ । यस क्रममा ट्रम्पलाई सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउसमा बोलाएको ट्रम्प अभियानका प्रवक्ता स्वीवन चाङ्गले जानकारी दिएका हुन् ।

यसअघि सन् २०२० को राष्ट्रपति चुनावमा पराजित भएसँगै ट्रम्पले यो परम्परा तोडेका थिए । राष्ट्रपतिले सामान्य रुपमा नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउसमा आमन्त्रित गर्ने भए पनि आफू पराजित भएपछि उनले बाइडेनलाई वेवस्था गरेका थिए ।

सम्बन्धित समाचार