डोनाल्ड ट्रम्पलाई जिताउन अर्बौं खर्चेका एलन मस्कको कम्पनी मालामाल !

0 Shares

काठमाडौँ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयी भएसँगै अमेरिकी डलर खर्बपति एलन मस्कको कम्पनीमा भारी बढोत्तरी भएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा हुन बाँकी भए पनि डलरको भाउ बढेको छ । युरोपेली शेयर बजारमा उछाल आएको छ ।

यता, बिटक्वाइनले उच्च रेकर्ड बनाउँदै गएको छ । यसमा खर्बपति मस्कले ठूलो मात्रामा लगानी गरेका छन् ।

ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक खर्बपति मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने बाचा गरेका थिए ।

अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भने, “बजार पछि के हुन्छ ? विश्लेषकले पत्ता लगाउने कोशिस गरिरहेका छन्, तर केही समयका लागि, बजारले उच्च वृद्धि र उच्च मुद्रास्फीति दृष्टिकोणबाट मूल्य निर्धारण गरिरहेको छ ।”

ट्रम्पको समर्थनमा खरो उत्रिएका मस्कको टेस्ला कम्पनी (सन् २००३ मा स्थापित टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी)को शेयरमा १२ प्रतिशतसम्म वृद्धि भएको छ ।

सम्बन्धित समाचार