0
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ । जसका कारण आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २२ सय रुपैयाँले बढेर एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । मंगलबार प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २१ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार २१ सय ५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।