प्राइम कमर्सियल बैंकले नगद लाभांश वितरण गर्ने

0 Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार