सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज कति पुग्यो ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा लगातार सुनको मूल्य बढ्ने क्रम जारी छ । दशैँपछि लगातार बढेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महसंघका अनुसार आज चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ९५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ७३४.८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३४.१८ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार