डलरको भाउ सामान्य घट्यो, युरोमा वृद्धि

0 Shares

काठमाडौँ । मंगलबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । सोमबार खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । आइतबार खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसामा कारोबार भएका थियो ।

मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा र बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २३ पैसा र बिक्री दर ३५ रुपैयाँ ३९ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १० रुपैयाँ १३ पैसा छ ।

सम्बन्धित समाचार