नानोलाई रिडिजाइन गरेर इभी भर्सनमा ल्याउँदै टाटा, सानो आकारको कारमा सफल होला ?

0 Shares
  • रोहित श्रेष्ठ

काठमाडौँ । भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले नानोलाई रिडिजाइन गरेर इभी भर्सनमा ल्याउन लागेको छ । हालै सार्वजनिक भएको रिपोर्टका अनुसार नानो इभी ल्याउने तयारी गरिरहेको जनाइएको छ ।

हालसम्म टाटा मोटर्सले नानो ल्याउने औपचारिक घोषणा गरिसकेको छैन । तर, भारतीय सञ्चार माध्यमका अनुसार टाटा नानोले नयाँ अवतारमा पुनर्जीवन पाउने सम्भावना रहेको बताइएको छ ।

पछिल्लो समय सवारी उत्पादक कम्पनीहरु सानो आकारको गाडी उत्पादनमा जोड दिएसँगै टाटाले पनि सानो आकारको कारमा नानोलाई ल्याउने भएको हो । इभी भर्सनमा आउँदा पुरानो नानोभन्दा परिमार्जित डिजाइन र विशेषतासहित आउने बताइएको छ ।

पछिल्लो समय टाटा विद्युतीय गाडी उत्पादनमा आक्रामक बन्दै गएको छ । टाटाले नेक्सन, टिगोर, टियागो र पन्चजस्ता मोडल इभी मोडल ल्याइसकेको छ । त्यस्तै आफ्नो आईसी इन्जिन भएका सबै गाडीलाई इभी बनाउने योजना अुनसार धमाधम इभी उत्पादन गरिरहेको छ। टाटाले इभी यात्रा निकै तीव्र रफ्तारमा दौडिएको प्रमाणित गरिरहेको छ ।

अहिले नेपाली बजारमा पनि सानो आकारको गाडी एमजी कोमेट, सेरेस मिनी लगायतका गाडी लोकप्रिय छन । हालै भारत आएको भिनफास्टले पनि सानो आकारको कारको परिकल्पना गरेको छ । अन्य कम्पनीले पनि सानो आकारको कार ल्याइरहेको अवस्थामा टाटाले पनि सो सगमेन्टमा नानो इभीलाई उतार्ने देखिन्छ ।

टाटाले आफ्नो जिपट्रोन टेक्नोलोजी आधारीत भएर सानो ब्याट्री प्याकसहित नानो इभी ल्याउने छ । नानो इभीले एक पटकको फुल चार्जमा २ सय ५० देखि ३ सय किलोमिटर हाराहारी हुने अनुमान गरिएको छ । नानो इभी आएमा त्यसले नेपाली बजारमा समेत राम्रो उपस्थिति देखाउने छ।

सम्बन्धित समाचार