0
Shares
काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार २०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले उपचुनावमा सहभागी हुन दल दर्ता गराएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ । अन्तिममा नेपाली जनता दल रहेको छ ।