0
Shares
काठमाडौँ । चितवनको नारायणगढ-मुग्लिङ सडकमा माथिबाट ढुंगा खसेर लाग्दा दुई वटा बसका पाँच जना घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका ६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यायल चितवनले जनाएको छ ।
घाइते हुनेमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा, गीता पाण्डे, मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।
काठमाडौंबाट बर्दिया जान आइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६-००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो ।