0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते हुने भएको छ । अखिल क्रान्तिकारी विघटन भएपछि अध्यक्ष मण्डलले नयाँ मिति मंसिर २३ र २४ तोकेको नेता जिपी मैनालीले बताए ।
गत असोज ११ र १२ गते अविलर वर्षाका कारण बाढी पहिरो गएपछि असोज १६ गते २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको मैनालीले बताए । अध्यक्ष मण्डलले अध्यक्ष प्रचण्डसँग परामर्श गरेपछि नयाँ मिति शनिबार तोकेको हो । सम्मेलन उद्घाटन भए पनि बन्दसत्र सहित नेतृत्व चयन हुन वाँकी रहेको थियो । उक्त विषय दशै, तिहार र छठ मानेपछि सम्मेलन पुरा हुने भएको छ ।