आफ्नै निर्वाचन क्षेत्रमा सहकारी पीडितले गरे रवि लामिछानेको विरोध

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन भएको छ । उनीविरुद्ध सहकारी पीडितहरूले प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडित ब्यानरसहित नारा लगाउँदै कार्यक्रममा पुगेका थिए ।

कार्यक्रम स्थल पुगेका सहकारी पीडित कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा दबाब दिएका बताएका छन् ।

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकीर गरे ।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट पीडितमाथी ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताए ।

सम्बन्धित समाचार