सँगै बसेर मदिरा खाएपछि छोरामाथि हँसिया प्रहार, उपचारको क्रममा मृत्यु

0 Shares

काठमाडौँ । मदिराले मातेका बाबुले छोरालाई हँसियाले प्रहार गर्दा मृत्यु भएको छ । मर्याङ्दी गाउँपालिका २ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो ।

५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो ।

अभियुक्तलाई हिरासतमा लिएर कानूनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाँदा आज बिहान मृत्यु भएको हो ।

सम्बन्धित समाचार