पश्चिम नेपाललाई जोड्ने सडक दाउन्नेमा भासिएपछि एकतर्फी खुला

0 Shares

काठमाडौँ । पश्चिम नेपाललाई जोड्ने प्रमुख सडक मार्गमा पर्ने नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएपछि एकतर्फी सञ्चालन भएको छ ।

बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित खोर्सानी खोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।

सडकको मर्मतपछि आज बिहानदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

उनले सडक मर्मत गरी आज दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको जानकारी दिए । तर, सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ ।

 

सम्बन्धित समाचार