सिटिजन्स म्युचुअल फण्डअन्तर्गत योजनाको प्रतिफल घोषणा

0 Shares

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत संचालित योजनाहरूको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको आज बसेको संचालक समितिको बैठकले आ.व.२०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोषसमेतबाट योजनाको इकाइ धनीहरुलाई लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

सिटिजन्स म्युचुअल फण्ड-१ बाट करसहित ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड-२ बाट करसहित ६.५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो । साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक(१) दिन सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइ धनी दर्ता किताब बन्द रहने छ ।

आ.व.२०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गतका तिनै वटा योजनाहरूमा लाभांस दिन सक्षम भएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौँ बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित समाचार