केपी ओलीले सम्बोधन गर्ने भनिएको हार्वाडको नाम कसरी बन्यो ?

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर चर्चित अमेरिकाका दुई विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिका जाँदा उनले अमेरिकाको न्युयोर्कस्थित दुई विश्वविद्यालयमा सम्बोधन गर्ने भएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोन्धन गर्दै प्रधानमन्त्री ओलीले कोलम्बिया र हार्वाड विश्वविद्यालयमा सम्बोधन गर्ने बताए ।

कसरी बन्यो हार्वाड ?

यो विश्वविद्यालय सन् १६३६ मा स्थापना भएको थियो । सुरुमा यस विश्वविद्यालयको नाम युनिभर्सिटी अफ क्याम्ब्रिज थियो ।

स्थापना भएको तीन वर्षपछि अर्थात सन् १६३९ मा मार्च १३ मा अमेरिकाको मासाचुसेट्सस्थित युनिभर्सिटी अफ क्याम्ब्रिजको नाम परिवर्तन गरी हार्वार्ड राखिएको थियो ।

अमेरिकाकै पहिलो यस विश्वविद्यायलमा पादरी जोन हार्वार्डले सहयोग गरेका कारण उनको नामबाट विश्वविद्यालयको नामकरण गरिएको हो ।

हार्वार्डले त्यस समय आफ्नो आधा सम्पत्ति (७७९ पाउण्ड स्टर्लिङ) र करिब चार सय पुस्तक विश्वविद्यालयलाई दिएका थिए ।

हाल मासाचुसेट्सस्थित क्याम्ब्रिजमा हार्वार्ड क्याम्पस र बोस्टनमा हार्वाड विश्वविद्यालय छन् । हार्वाडअन्तर्गत अण्डरग्य्राजुएट कोर्सका १४ र अन्य कोर्सका लागि १३ स्कुल छन् ।

सम्बन्धित समाचार