ट्यांकर विस्फोटमा परी २४ जनाको मृत्यु, ४० जना घाइते

0 Shares

काठमाडौँ । हाइटीमा शनिबार एउटा ट्यांकर विस्फोट हुँदा २४ जनाको मृत्यु भएको छ । मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् ।

केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ । छ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशतभन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार