काठमाडौँ । भारतको मणिपुर राज्यमा विद्रोही समूहले रकेट प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् ।
जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समूदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकको सुरक्षाका लागि राज्यका सबै विद्यालय शनिबार बन्द गर्ने जनाइएको छ ।
शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो । स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ ।
आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतंककारीले गोली हाने पनि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ । मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ ।