कुमारी बैंकसँग श्री एयरलाइन्सको सम्झौता, सेवाग्राहीले पाउनेछन् छुट

0 Shares

काठमाडौँ । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सेवाग्राहीलाई आर्कषक छुट गर्ने सम्झौता भएको छ । बैंकका ग्राहकसहित उनीहरूका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार श्री एयरलाइन्सका काउण्टरबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा÷छोरी)का लागि टिकट खरिद गरी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्गबाट रकम भुक्तानी गर्दा पाँच सय रुपैयाँ छुट हुनेछ ।

विगत २३ वर्षदेखि बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आएको छ । बैंकले देशभरबाट ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकवर्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले आगामी दिनमा थप सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार