प्रेम सम्बन्धको २० वर्षपछि विवाह गरेका लोपेज र एफ्लेकको डिभोर्स हुँदै

0 Shares

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् । लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडियामा बताइएको छ ।

लोपेजले मंगलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ । २०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो ।

यसअघि उनीहरु २००१ देखि २००४ को जनवरीसम्म रिलेसंसिपमा थिए र विवाहको मितिसमेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर, त्यसको २० वर्षपछि दुवै फेरि एक साथ आएर २०२१ देखि रिलेसनसिपमा रहेका थिए ।

अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्ध गरेकी छन् ।

सम्बन्धित समाचार