नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट

0 Shares

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँले बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशतले बढेर ६ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशतले बढेको ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ पुगेको छ र कुल खर्च ८.७४ प्रतिशतले बढेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार