टेलर स्विफ्टको कन्सर्टमा आतकंवादी हमला गर्ने योजनाकार पक्राउ

0 Shares

काठमाडौं । भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
अस्ट्रियाका अधिकारीहरूका अनुसार भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्ने आइएसआइएस प्रेरित एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

कन्सर्टमा आतकंवादी हमला गर्नका लागि षड्यन्त्र गरिरहेका १८ वर्षीय इरानी नागरिकलाई पक्राउ गरिएको अष्ट्रेलियाका आन्तरिक मन्त्रीले जानकारी दिए ।

सुरक्षा अधिकारीले स्विफटको ब्लकबस्टर प्रदर्शन हुने क्रममा भियना लेगको लागि योजना गरिएको आतंकवादी हमलालाई विफल पारेका थिए । त्यसपछि अस्ट्रियामा तीन स्विफ्ट कन्सर्टहरू रद्द गर्ने बिहीबार आयोजकहरूले असाधारण निर्णय लिनु परेको थियो ।

इराकी किशोर पक्राउ पर्ने तेस्रो व्यक्ति हुन् । मुख्य संदिग्ध उत्तरी म्यासेडोनियाको १९ वर्षीय अर्का किशोर छन, जो अस्ट्रियालीसँग सम्बन्ध रहेको विश्वास गरिएको छ ।

अनुसन्धानपछि यो खुलेको थियो कि दुवै किशोरहरूले भर्खरै आईएसआईएसप्रति वफादारीको बाचा गरेका थिए । जो स्विफ्टको कन्सर्टमा हमला गर्ने तयारीमा रहेको भनिएको छ । तर, प्रहरीले थप विवरण दिएको छैन ।

सम्बन्धित समाचार