शेख हसिनाको पार्टीका नेताहरू बसेको होटलमा आगलागी, ८ नेताको जेलेर मृत्यु

0 Shares

काठमाडौं । प्रधानमन्त्रीको पदबाट राजीनामा दिँदै शेख हसिना भारत भागेपछि बंगलादेशमा प्रदर्शनकारीहरूले तालिबानी शैलीमा कारबाही गरेको तस्वीरहरू सार्वजनिक भएको छ ।

प्रदर्शनकारीहरूले जेसोरस्थित अवामी लिगका नेताहरू बसेको एक होटलमा आगो लगाएका थिए । सञ्चार माध्यमले जनाइएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ८४ जना घाइते भएका छन् ।

सञ्चार माध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् । अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए ।

आन्दोलन आक्रामक बनेसँगै सोमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दोलनकारीले उत्सव मनाएका थिए । सोही क्रममा आन्दोलनकारीले होटलमा आगो लगाएका हुन् ।

आन्दोलनकारीले अवामी लिगको कार्यालय र नेताहरूको घरमा पनि आक्रमण गरेका थिए । यस्तै, आन्दोलनकारीले प्रधानमन्त्री निवासबाट सामानहरू लिएर गएका थिए ।

सम्बन्धित समाचार