आगलागीमा परी दुई सय बाख्रा जलेर मरे, डेढ करोडको क्षति

0 Shares

सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १० लप्सेमा विष्णु कृषि एग्रो फार्ममा आगलागी हुँदा दुई सय बाख्रा जलेर मरेका छन् ।

आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा एक करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले बताए ।

हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीय मीनराज गिरीको भनाइ छ । वैदेशिक रोजगारबाट फर्किएका खड्काले एक करोड लगानीमा बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।

आधुनिक तरिकाले खोर बनाएर दुई तलामा खड्काले बाख्रापालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको एक लाख ५० हजारदेखि दुई लाखसम्म मूल्य पर्छ ।

सम्बन्धित समाचार