अनन्त अम्बानीको विवाहपछि भारतमा रिचार्जको मूल्य बढ्यो, गाउँका विद्यार्थीमाथि मार

0 Shares

काठमाडौं । एसियाका सर्वाधिक धनी मुकेश अम्बानीका कान्छा अनन्त र राधिका मर्चेन्टले विवाह सम्पन्न गरेको दुई हप्ता पूरा भएको छ । पाँच हजार करोड भारू अर्थात ८० अर्ब नेपाली रुपैयाँ बराबर खर्च भएको यो विवाहको विश्वभर चर्चा भइरहेको छ ।

विवाह समारोहमा भारतीय प्रधानमन्त्री मोदीसहित देश विदेशका ठूला राजनीतिज्ञ तथा कलाकारको उपस्थिति थियो । तर,विवाहको चर्चासँगै भारतमा अम्बानी परिवारको स्वामित्वमा रहेको रिलायन्स जियोले आफ्नो मोबाइल रिचार्जको मूल्य भारी रुपमा बढाएको भन्दै विरोध भइरहेको छ ।

अनन्तको विवाहअघि मासिक २३९ रुपैयाँमा उपलब्ध हुने रिचार्ज अहिले करिब तीन सय रुपैयाँ पुगेको छ । मोबाइल रिचार्जमा भएको यो वृद्धिले ग्रामीण स्थानका महिलामाथि ठूलो भार परेको छ ।

विस्तारै डिजिटल दुनियाँमा जाँदै गरेका भारतीय ग्रामीण महिलाहरूले अम्बानी परिवारको लगानी भएको जियो चलाउँदै आएका समाचारमा उल्लेख गरिएको छ । महिलाहरूले सामान्य रिचार्जको मूल्य ६० रुपैयाँ भारू अर्थात सय रुपैयाँ नेपाली रुपैयाँमा वृद्धि हुनु असामान्य भएकाे बताएका छन् ।

भारतको विकट स्थानमा मोबाइलको प्रयोग इन्टरनेट चलाउन हुने बासिन्दाले बताउँदै आएका छन् । जहाँ शिक्षाको स्तर कमजोर छ, त्यहाँका बालबालिकाले आफ्नो पढाइको कमजोरी इन्टरनेटमार्फत पूर्ति गरिरहेका थिए । उनीहरूले युट्युबमा हेरेर आफ्नो पढाइ सुधार गरिरहेका थिए ।

अम्बानीको विवाहको तस्बिर र भिडियो लगातार भाइरल भइरहेका छन्, तर रिलायन्स जियोले फेरि ग्रामीण महिलाको संसारमा सिमित गरेको छ । रिलायन्स जियोले आफ्नो प्रिपेड ट्यारिफ प्लान बढाउँदा नयाँ मूल्य यस्तो रहेको छ-

१.५ जीबी प्रतिदिन प्लानको मूल्य २३९ रुपैयाँबाट बढेर २९९ रुपैयाँ भारू
२ जीबी प्रतिदिन प्लानको मूल्य २९९ रुपैयाँबाट बढेर ३४९ रुपैयाँ भारू
२.५ जीबी प्रतिदिन प्लानको मूल्य ३४९ रुपैयाँबाट बढेर ३९९ रुपैयाँ भारू
३ जीबी प्रतिदिनको प्लान ३९९ रुपैयाँबाट बढेर ४४९ रुपैयाँ भारू

सम्बन्धित समाचार