हेलिकप्टर दुर्घटना हुँदा पाँच जना घाइते

0 Shares

काठमाडौं । इण्डोनेसियाको रिसोर्ट टापु बालीमा शुक्रबार पाँच जना सवार हेलिकप्टर दुर्घटना हुँदा पाइलट र चार यात्रु घाइते भएको एक वरिष्ठ उद्धारकर्ताले बताएका छन् ।

उक्त घटना स्थानीय समयअनुसार १४ः३७ बजे भएको बाडुङ रिजेन्सी टापुमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख आई न्योमन सिडाकार्यले बताए ।

घटनामा दुई जना गम्भीर घाइते भएका छन् । तीन जना सामान्य घाइते भएका छन् । घाइते सबैलाई आरएस सिलोम अस्पताल लगिएको सिडकार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार