काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ताबाट बाहिरिएपछि समाजवादी मोर्चा नेपाललाई सक्रिय बनाएका छन् । समाजवादी मोर्चामा महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मंगलबार प्रवेश गराएको छ ।
प्रतिपक्ष मोर्चा बलियो बनाउन समाजवादी मोर्चाल बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाललाई समेट्न पत्र पठाउने नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
‘पश्चगामी सोचका साथ परिवर्तन उल्ट्याउने गरी संविधान संशोधनको कुरा ओली नेतृतवको गठबन्धनमा सझदारी भएको छ भन्ने आएको छ । ति कुराहरु के हुन त्यसको बारेमा गहिरोसंग बुझेर समीक्षा गर्ने छौं ।
यदी परिवर्तन उल्ट्याए सहेर बस्दैनौं’ उनले भने, ‘देशभक्त क्रान्तिकारी पार्टीहरुलाई एकतावद्ध विचार मिल्नेलाई पत्र पठाएर संवाद गर्ने छौं ।’ विचार मिल्ने क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गरेर परिवर्तन विरोधि शक्तिका अनावश्यक हर्कत सहेर नबस्ने विश्वकर्माले बताए ।