ओलीले भने – डिजिटल माध्यमबाट शुभकामना दिन दिनुस्

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट बाधाई तथा शुभकामना दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेख्दै ओलीले डिजिटल माध्यमबाट बधाई दिँदा समयको समेत बचत हुने उल्लेख गरेका छन् ।
ओलीले भेट्नै पर्ने भएमा खादा माला केही नल्याउन निर्देशन दिएका छन् ।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ’उनले भनेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु ।’

सम्बन्धित समाचार