0
Shares
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न पहिलो मन्त्रिपरिषद्को बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रि कालीन खेलकुदका लागि लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिन अर्थात १० महिनामा को समय सीमा निर्धारण गरिएको छ ।
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।