0
Shares
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा परराष्ट्र मन्त्रीमा नियुक्त भएकी छन् । उनले आज मन्त्रालयमा पदबहाली गरेकी छन् ।
सोमबार नियुक्त भएकी आरजु शपथ ग्रहणपछि पदभार ग्रहणका लागि मन्त्रालय पुगेकी हुन् ।
पाँच पटक प्रधानमन्त्री बनेका देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारमा पत्नीलाई पहिलो पटक मन्त्री बनाउन सफल भएका हुन् । उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीले स्वागत गरेका थिए ।