0
Shares
काठमाडौं । संघीय सरकारमा पर्सा जिल्लाबाट मात्रै तीन जना मन्त्री बनेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीन जना मन्त्री बनेका हुन् ।
पर्सा १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खाने पानी मन्त्री बनेका छन् । पर्सा २ का सांसद अजय चौरसिया कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने पर्सा ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका हुन् ।
यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् । यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।
गत वैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।