दोस्रो पटक पनि सारियो प्रतिनिधिसभा बैठक

0 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः सारिएको छ । अब अर्को बैठक सोमबार दिउँसो ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।

यसअघि आइतबार अपराह्न ३ बजे बैठक तय भएको थियो । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएसँगै बैठक सारिएको हो ।

शुक्रबार प्रधानमन्त्री पदका लाथि पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव फेल भएसँगै राति नेपाली कांग्रेर र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित राष्ट्रपति कार्यालय पुगेको थियो ।

संसदको दुई ठूला दल कांग्रेस र एमालेको सहमतिअनुसार आइतबार ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

सम्बन्धित समाचार