कांग्रेस मन्त्री छनोट गर्न बनायो मापदण्ड

0 Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने लागेको नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । योसँगै कांग्रेसले मन्त्री छनोट गर्न मापदण्ड बनाएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गर्दै मन्त्री बनाउन मापदण्ड बनाएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट सरकारमा मन्त्री पठाइने उनको भनाइ थियो । यसैबीच उनले भने, ‘देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्ने गरी अन्य दललाई पनि जोडेर अघि बढ्छौँ ।’

उनले प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को–को मन्त्री बन्ने टुंगो लाग्ने बताए ।

सम्बन्धित समाचार