काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको अनुसन्धानको सुई आफ्नो घरतिर सोझिएपछि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेले कांग्रेस-एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने दाबी गरेका हुन् ।
गृहमन्त्री लामिछानेले आफूहरूले अमूर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको बताएका थिए । रास्वपाले सुशासनको कामलाई अगाडि बढाएसँगै रातारात दुई ठूला दल एकै ठाउँमा आउन बाध्य भएको उनको दाबी थियो ।
लामिछानेले दुई दलबीचको सहमति गायब बनाएकाले त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई ठुला दल एक ठाउँमा आउँदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताए ।