१६ वर्षमा १५ वटा सरकार बनाउने तपाईंहरू नै होइन ? स्थिरता बनाउनु भो ?- प्रचण्ड

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस-नेकपा एमाले मिल्दैमा स्थिर सरकार बन्न नसक्ने बताए । उनले २०४७ सालदेखि ०६३ सालसम्मको १६ वर्षको अवधिमा १५ वटा सरकार बनाउने कांग्रेस र एमालेले स्थायी सरकार बनाउन नसक्ने बताए ।

‘२०४७ देखि ०६३ सम्मको १६ वर्षमा कांग्रेस र एमालेले १५ वटा सरकार बनाउने तपाईंहरू नै होइन, स्थिरता आयो त?, संविधान संशोधन गर्ने हो भने आउनुहोस् छलफल गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधन नै गर्ने हो भने छलफल गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रबिना संविधान संशोधन कसरी गर्नु हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार