भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतमलाई खाने-बस्ने सुविधा, वार्षिक तलब कति ?

0 Shares

काठमाडौं । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीर चयन भएसँगै विभिन्न चर्चा भइरहेको छ । उनको कार्यकाल प्रारम्भ भइसकेको छ ।

गत जुन २९ गते सम्पन्न आईसीसी टी २० विश्वकपको विजेता बनेसँगै राहुल द्रबिडको कार्यकाल समाप्त भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गौतमलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

प्रमुख प्रशिक्षक बनेका गौतमले कति तलब पाउँछन् ? के के सुविधा हुन्छ ? भन्ने कौतुहला भएको छ । बीसीसीआईका अनुसार प्रमुख प्रशिक्षक बनेका गौतमले वार्षिक १२ करोड भारु (करिब १९ करोड नेपाली) पारिश्रमिक पाउने छन् ।

यसका साथै आवस सुविधा, टोलीसँग विदेश भ्रमणमा रहँदा दैनिक करिब ३५ हजार रुपैयाँ भत्ता पाउने छन् । विदेश जाँदा बिजनेश क्लासमा यात्रा गर्ने सुविधा हुनेछ ।

गौतमले जुलाई २७ तारिखमा भारतीय टोलीको श्रीलंका भ्रमणसँगै आफ्नो जिम्मेवारी समाल्ने छन् । श्रीलंका भ्रमणमा भारतले तीन वटा टी २० अन्तर्राष्ट्रिय र तीन वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

उनी भारतीय टोलीका पूर्व खेलाडीसमेत हुन् । उनले सन् २००३ देखि सन् २०१६ सम्म भारतीय टोलीबाट खेलेका थिए । उनको कूल सम्पत्ति दुई अर्ब भारूभन्दा बढी रहेको छ ।

सम्बन्धित समाचार