धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो, सरकार ढाल्यो: सांसद छिरिङ

0 Shares

काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल धितोपत्र बोर्डको कुर्सीको कारण गठबन्धन परिवर्तन भएको दावी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको सून्य समयमा बोल्दै कार्चेनले यस्तो दावी गरेका हुन् ।

‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्यो रे । कुर्सी कस्तो खाले हो ? दल किन्ने, नेता किन्ने ? अनि सरकारै ढाल्ने ।’ गत आम निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद लामाले भने ।

त्यस अवसरमा सांसद लामाले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखे । उनको भनाइ थियो—‘स्वर्ग गए सँगै जाउला, नर्क गए सँगै जाउँला यो वर्ष मेरो प्रधानमन्त्री बन्ने योगै छैन भनेकोमा अमुक मान्छेको घरमा मध्यरातमा गोप्य सम्झौता गर्नु कहाँको नैतिकता हो ?’

लामाले विभिन्न काण्डको छानविनलाई रोक्ने काम नयाँ बनेको गठबन्धनबाट नहोस् भन्दै आग्रह गरे । ‘यही असार १५ गतेको दहीच्यूरा खाएपछि आशन र भाषण फेर्दै कसैद्धारा बनाइएको गठबन्धन अब दहीच्यूरे नबनोस् । विभिन्न काण्डलाई रोक्न गठबन्धन तटबन्धन नबनोस,’ उनको भनाइ छ ।

सम्बन्धित समाचार